कार्डिफ सिटी रेलिगेसन जोनबाट माथि उक्लियो, उल्भरह्याम्टन पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ मंसिर १५, शनिबार (५ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

मंसिर १५, काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा कार्डिफ सिटी विजयी भएको छ ।

उल्भरह्याम्पटनलाई २–१ ले पराजित गरेको कार्डिफ सिटी रेलिगेसन जोनबाटसमेत माथि उक्लिएको छ ।

घरेलु मैदानमा भएको खेलमा कार्टिफको जितमा आरोन गुनार्सन र जुनियर होइलटले गोल गरे । खेलमा अग्रता भने उल्भरह्याम्टनले लिएको थियो ।

१८ औं मिनेटमा म्याट डोकर्टीले गोल गर्दैसुरुवाति अग्रता दिलाए । तर दोस्रो हाफमा कार्डिफ खेलमा फर्कियो ।

उसका लागि गुनार्सनले ६५ औं मिनेटमा बराबरी गोल फर्काए भने ७७ औँ मिनेटमा होइलटले गोल गर्दै जित दिलाए ।

जितपछि १४ खेलबाट ११ अंक भएको कार्डिफ १५ औँ स्थानमा उक्लिएको छ । १६ अंकसहित उल्भरह्याम्टर ११ औं स्थानमा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस